बेनी–जोमसोम–कोरला सडक एक सातादेखि अवरुद्ध : मर्मतका लागि ड्रोनबाट इन्धन, स्याउ किसान मर्कामा

कालीगण्डकी नदीमा आएको बाढीका कारण पछिल्लो एक सातादेखि अवरुद्ध बेनी–जोमसोम–कोरला सडकको मर्मत तथा पुनःनिर्माणका लागि ड्रोनमार्फत इन्धन ढुवानी गरिएको छ। ड्रोनबाट ४०० लिटर डिजेल ढुवानी गरिएको र सडक पुनःनिर्माणको काम तीव्र पारिएको जनाइएको छ।
यो सडकले चीनसँग हाल सञ्चालनमा रहेको एक मात्र व्यापारिक नाका कोरलालाई जोड्छ।
अविरल वर्षा, बाढी, पहिरो र नदी कटानका कारण सडक अवरुद्ध हुँदा मुस्ताङका स्याउ किसान समेत सङ्कटमा परेका छन्। सडक बन्द भएर बजारसम्म स्याउ पुर्याउन नसकिँदा बोटमै स्याउ कुहिन थालेको किसानहरूको गुनासो छ।
सडक छिटो सञ्चालनमा नआए किसानले थप क्षति बेहोर्नुपर्ने अवस्था रहेको छ।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


