९ असोज २०८३ English
English

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज दिउँसो

· १ मिनेट पढाइ

नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ। कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले बुधबार जारी गर्नुभएको सूचनाअनुसार बैठक असोज १ गते बिहीबार दिउँसो २ बजे बस्नेछ। बैठक ललितपुरको सानेपास्थित पार्टीको केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा हुनेछ।

केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यलाई बैठकमा अनिवार्य रूपमा उपस्थित हुन अनुरोध गरिएको छ। बैठकमा महाधिवेशनको तयारी र समसामयिक राजनीतिक घटनाक्रमलगायतका विषयमा छलफल हुने जनाइएको छ। कांग्रेसले असोज ३ र ४ गते गर्न लागेको वडा अधिवेशनअघि यो बैठक बोलाइएको हो।

स्रोत

सम्बन्धित समाचार