९ असोज २०८३ English
English

विद्या भण्डारीको भूमिकामाथि रास्वपा सांसदको टिप्पणी, एमालेभित्र हलचल

· १ मिनेट पढाइ
विद्या भण्डारीको भूमिकामाथि रास्वपा सांसदको टिप्पणी, एमालेभित्र हलचल
तस्बिर: नागरिक

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद राजीव खत्रीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी फेरि दलीय राजनीतिमा सक्रिय हुनुप्रति असन्तुष्टि जनाउनुभएको छ। नेकपा एमालेले भण्डारीलाई बिहीबार वरिष्ठ नेता मनोनीत गरेपछि उहाँले सामाजिक सञ्जालमार्फत यस्तो टिप्पणी गर्नुभएको हो। दुई कार्यकाल राष्ट्रपति भइसकेपछि पनि राजनीतिक भोक नमेटिएको भन्दै खत्रीले पूर्वराष्ट्रप्रमुखबाट दलभन्दा माथिको साझा भूमिका अपेक्षा गरेको बताउनुभएको छ।

पूर्वराष्ट्रपतिले देशलाई अब थप के दिन बाँकी छ भनेर पनि उहाँले प्रश्न गर्नुभएको छ। उहाँका अनुसार नेपालमा अहिलेसम्म राष्ट्रपति बनेका व्यक्ति पार्टीभन्दा माथि उठ्न सकेका छैनन्। पूर्वराष्ट्रपति र उपराष्ट्रपति राजनीतिमा उत्रिनुलाई लोकतान्त्रिक भन्नेहरूको तर्कमाथि पनि उहाँले प्रश्न उठाउनुभएको छ।

पूर्वराजा ज्ञानेन्द्र शाहले मात्र पदीय मर्यादा जोगाएको खत्रीको भनाइ छ। एमालेको एघारौँ महाधिवेशनताका अध्यक्ष केपी शर्मा ओलीको तेस्रो कार्यकालको बहसका बेला भण्डारीलाई सम्भावित प्रतिस्पर्धीका रूपमा हेरिएको थियो। त्यही बेला उहाँको पार्टी सदस्यता नवीकरण नगरिएको विषय चर्चामा आएको थियो।

पूर्वराष्ट्रपतिले दलीय राजनीतिमा फर्किनु हुँदैन भन्ने तर्क पनि त्यसबेला अघि सारिएको थियो। अहिले केन्द्रीय कमिटी बैठकसँगै भण्डारीको पुनरागमन र विगतको निर्णयबारे पार्टीभित्र बहस सुरु भएको छ।

यो समाचार भिडियोमा

विद्या भण्डारीको भूमिकामाथि रास्वपा सांसदको टिप्पणी, एमालेभित्र हलचल

स्रोत

सम्बन्धित समाचार