१५ असोज २०८३ English
English

एसियाली खेलकुदमा कांस्य जितेको महिला कबड्डी टोली स्वदेश फर्कियो

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
एसियाली खेलकुदमा कांस्य जितेको महिला कबड्डी टोली स्वदेश फर्कियो

YouTube मा सब्स्क्राइब

जापानमा भइरहेको २०औँ एसियाली खेलकुदमा कांस्य पदक जितेको नेपाली महिला कबड्डी टोली बुधबार दिउँसो स्वदेश फर्किएको छ। थाइल्यान्ड हुँदै थाई एयरवेजको उडानबाट काठमाडौँ आइपुगेका खेलाडीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय खेलकुद परिषद्‌का सदस्यसचिव रामचरित्र मेहतासहितको टोलीले स्वागत गरेको छ। पूर्वनिर्धारित तालिकाअनुसार नेपाली टोली दुई दिनअघि नै काठमाडौँ फर्किनुपर्ने थियो।

तर थाइल्यान्डमा आएको बाढीले हवाई उडान प्रभावित बनाएपछि टोली बाध्य भएर त्यहीँ रोकिनुपरेको थियो। एसियाली खेलकुदको महिला कबड्डी प्रतियोगितामा नेपालले थाइल्यान्ड र श्रीलङ्का दुवै टोलीलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको थियो। सेमिफाइनलमा पुगेसँगै नेपालको कांस्य पदक सुनिश्चित भएको थियो।

सेमिफाइनल खेलमा भने नेपाल भारतसँग पराजित हुँदा फाइनल प्रवेशको अवसर गुमेको थियो र टोली कांस्यमै सीमित भएको थियो। नेपाली महिला कबड्डी टोलीले चीनमा भएको १९औँ संस्करणको एसियाली खेलकुदमा पनि कांस्य पदक जितेको थियो। यससँगै टोलीले एसियाली खेलकुदको लगातार दुई संस्करणमा कांस्य पदक हात पारेको छ।

यसैबीच, जापानका दुई फरक सहरमा आयोजित अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा पदक जित्ने खेलाडीसहितको नेपाली कराते टोली पनि मंगलबार राति काठमाडौँ फर्किएको छ।

स्रोत

सम्बन्धित समाचार