नेपाल ए र महिला क्रिकेट टोली भुटानमा शृङ्खला खेल्ने

नेपाल ए पुरुष टोली र राष्ट्रिय महिला क्रिकेट टोलीले आगामी डिसेम्बर र जनवरीमा भुटानमा अन्तर्राष्ट्रिय टी–ट्वान्टी शृङ्खला खेल्ने भएका छन्। भुटान क्रिकेटले ‘भुटान क्रिकेट फेस्टिभल २०२६–२७’ को तालिका सार्वजनिक गरेको छ। तालिकाअनुसार नेपाल ए टोलीले डिसेम्बर ४ देखि १३ सम्म गेलेफुमा हुने पुरुष टी–ट्वान्टी शृङ्खला खेल्नेछ।
उक्त शृङ्खलामा नेपालका प्रतिद्वन्द्वी भुटान, बहराइन, थाइल्यान्ड र माल्दिभ्स हुनेछन्। सबै खेल गेलेफु इन्टरनेसनल क्रिकेट मैदानमा हुनेछन्। महिला टोलीले भने जनवरी २०२७ मा ‘लोटस कप’ महिला टी–ट्वान्टी चतुष्कोणीय शृङ्खला खेल्नेछ।
लोटस कपमा नेपालबाहेक आयोजक भुटान, इन्डोनेसिया र हङकङ, चीनका टोली सहभागी हुनेछन्। फेस्टिभलअन्तर्गत भुटान, बहराइन र माल्दिभ्सबीच डिसेम्बर १५ देखि २४ सम्म पुरुष त्रिकोणात्मक शृङ्खला पनि हुनेछ। त्यसपछि भुटान र माल्दिभ्सबीच डिसेम्बर २६ देखि ३० सम्म मैत्रीपूर्ण शृङ्खला तय भएको छ।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


