पबजी मोबाइल दक्षिण एसिया फाइनल: पाकिस्तानी टोली विजेता, नेपालको टीटूक दोस्रो

काठमाडौँमा भएको पबजी मोबाइल ग्लोबल ओपन अर्थात् पीएमजीओ २०२६ सिजन २ दक्षिण एसिया फाइनलको उपाधि पाकिस्तानी टोली फोर थ्राइभ्स ई-स्पोर्ट्सले जितेको छ। दशरथ रंगशालामा भएको प्रतियोगितामा दक्षिण एसियाका उत्कृष्ट पबजी मोबाइल टोलीहरू उपाधिका लागि भिडेका थिए। फोर थ्राइभ्सले कुल २०९ अंक जोडेर पहिलो स्थान हात पारेको हो।
नेपालको टी-टु-के ई-स्पोर्ट्स उपविजेता बनेको छ भने होरा ई-स्पोर्ट्स तेस्रो भएको छ। नेपाली ई-स्पोर्ट्सको विकास र युवा प्रतिभा प्रोत्साहनका लागि एक्सट्रीम इनर्जी ड्रिंक प्रतियोगिताको मुख्य प्रायोजक बनेको थियो।
यो समाचार भिडियोमा

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो

