चेस ओलम्पियाडमा नेपाली पुरुष टोली पनामासँग पराजित
उज्बेकिस्तानको समरकन्दमा जारी ४६औँ चेस ओलम्पियाडको पाँचौँ चरणमा पानामाले नेपाली पुरुष टोलीलाई ३.५–०.५ ले पराजित गरेको छ। पाँच चरण सकिँदा ४ अंकमा सीमित भएपछि पुरुष टोलीको पदक लक्ष्य कमजोर बनेको छ। महिला टोलीको पनि पाँच चरणपछि ४ अंक छ।
पहिलो बोर्डमा २०९३ रेटिङका क्यान्डिडेट मास्टर पुरुषोत्तम सिलवाल २३४४ रेटिङका इन्टरनेसनल मास्टर रोबेर्टो कार्लोस सान्चेज अर्भारेजसँग पराजित भएका छन्। दोस्रो बोर्डमा २१५१ रेटिङका फिडे मास्टर रुपेश जैसवालले २२०३ रेटिङका फिडे मास्टर एलेसिया तापिया ओस्तोलाजासँग बराबरी गर्दा नेपालले आधा अंक पाएको हो। तेस्रो बोर्डमा २०३८ रेटिङका क्यान्डिडेट मास्टर सुश्रुत दहाल २२८२ रेटिङका इन्टरनेसनल मास्टर जोर्ज लुईस बाउलेस रोड्रिगोयजसँग हारेका छन्।
चौथो बोर्डमा १९६७ रेटिङका राजन सुवेदी २१६२ रेटिङका फिडे मास्टर ईफ्रेन एन्ड्रेस रामोस एस्पिनोजासँग पराजित भएका छन्। महिलातर्फ जमैकासँगको खेलमा नेपाली टोली चारै बोर्डमा हार्दा ०–४ ले पराजित भएको छ। पहिलो बोर्डमा एन्जल महर्जनले १९४३ रेटिङकी महिला फिडे मास्टरसँग हार बेहोरेकी छन्।
यो समाचार भिडियोमा

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो

