ग्यास अभाव चर्किँदै, उद्योगबाट हुने खुद्रा बिक्री रोक्न ग्यास बिक्रेता महासंघको आयल निगमलाई पत्र

नेपालमा खाना पकाउने एलपी ग्यासको अभाव बढ्दै गएको र उपभोक्ताले सहज रूपमा ग्यास पाउन नसकेको भन्दै ग्यास बिक्रेता महासंघ नेपालले नेपाल आयल निगमको ध्यानाकर्षण गराएको छ।
महासंघले निगमलाई ज्ञापनपत्र बुझाउँदै उद्योगबाट हुने ग्यासको खुद्रा बिक्री बन्द गर्न माग गरेको हो। महासंघका अनुसार उद्योगबाटै नयाँ सिलिन्डर २७ सय रुपैयाँसम्ममा बिक्री भइरहेको छ। यस्तो बिक्री तत्काल रोक्नुपर्ने महासंघको माग छ।
ज्ञापनपत्रमा महासंघले ‘उपभोक्ता लुट्ने योजना चाहिँदैन’ भन्दै खुद्रा बिक्री बन्द गरिनुपर्ने उल्लेख गरेको छ।
ग्यासको अभाव चुलिँदै जाँदा उपभोक्ताले सास्ती खेप्नुपरेको भन्दै महासंघले निगमसँग आवश्यक पहलको माग गरेको हो।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


