घटस्थापनादेखि पाँच लाख ७६ हजार ५७८ जनाले काठमाडौँ उपत्यका छाडे

बडादसैँ मनाउन काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप दिनहुँ बढ्दै गएको छ। घटस्थापनादेखि आजसम्म पाँच लाख ७६ हजार ५७८ जनाले काठमाडौँ उपत्यका छाडेका छन्।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले यो तथ्याङ्क सार्वजनिक गरेको हो। गत असोज २५ गते घटस्थापनाका दिनदेखि कात्तिक ३ गते बिहानसम्म सार्वजनिक सवारीसाधनमार्फत यात्रुहरू उपत्यकाबाट बाहिरिएका हुन्।
यसअनुसार दसैँ मनाउन यस वर्ष झन्डै ६ लाख यात्रु उपत्यकाबाट बाहिरिएका छन्। दसैँका मुख्य दिनहरू नजिकिँदै जाँदा राजधानीबाट गाउँघर फर्किनेको सङ्ख्या बढ्दै गएको हो।
आज बडादसैँको महानवमी पर्व मनाइँदैछ। चाडपर्वका बेला उपत्यकाबाट बाहिरिने यात्रुको सङ्ख्या बढ्दै गएको ट्राफिक प्रहरीको तथ्याङ्कले देखाएको छ।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


