मङ्गलको चन्द्रमा फोबोसबाट नमूना ल्याउन जापानको अन्तरिक्षयान प्रक्षेपण

जापानले मङ्गल ग्रहको चन्द्रमा फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा ल्याउने लक्ष्यसहित अन्तरिक्ष अभियान सुरु गरेको छ।
जापानको अन्तरिक्ष एजेन्सी जाक्साले मंगलबार मानवरहित अन्तरिक्षयान सफलतापूर्वक प्रक्षेपण गरेको हो। यसलाई ऐतिहासिक अभियानका रूपमा लिइएको छ।
यस अभियानअन्तर्गत मङ्गल ग्रहको चन्द्रमाबाट १० ग्राम धुलो पृथ्वीमा ल्याउने लक्ष्य राखिएको छ।
अभियानबाट सौर्यमण्डलको उत्पत्ति र पृथ्वीमा जीवनबारे थप जानकारी पाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


