इनम सापकोटासँग चिनजान र सम्पर्क नभएको प्रधानन्यायाधीश शर्माको दाबी, प्रहरीले छुट्टै अनुसन्धान समिति बनायो

प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले बिचौलिया भनिएका इनम सापकोटासँग आफ्नो कुनै चिनजान, सम्पर्क र संलग्नता नरहेको दाबी गरेका छन्। उनले बिहीबार विज्ञप्ति जारी गर्दै इनमसँग प्रत्यक्ष वा परोक्ष चिनजान र सम्पर्क नभएको स्पष्ट पारेका हुन्।
प्रधानन्यायाधीश शर्माले अमेरिकामा भएको भनिएको 'घूस' प्रकरणसँग जोडेर विभिन्न सञ्चारमाध्यममा आफ्नो नाम मुछिएकोप्रति गम्भीर आपत्ति जनाएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तथा पूर्वएआईजी विश्वराज पोखरेलसँग आफ्नो नाम जोडेर प्रसारित समाचार भ्रामक र कपोलकल्पित भएको पनि उनले बताएका छन्। सांसद पोखरेलले पनि इनमसँगको सम्बन्ध अस्वीकार गरेका छन्।
यसैबीच, इनम सापकोटासँग थुप्रै उच्चपदस्थ व्यक्तिको सम्बन्ध खुल्न थालेपछि प्रहरीले छुट्टै समिति गठन गरेर अनुसन्धान अघि बढाएको छ। न्यायाधीश, प्रहरी तथा सशस्त्र प्रहरीका अधिकारी, व्यवसायी, कर्मचारी र सांसदसम्म इनमको कनेक्सन देखिन थालेको बताइएको छ।
नेपाल बार एसोसिएसनले सर्वोच्च अदालतका न्यायाधीश र विवादित मुद्दासँग सम्बन्धित व्यक्तिबीच भएको भनिएको संवाद तथा भेटघाटबारे सार्वजनिक विवरणको निष्पक्ष र स्वतन्त्र छानबिन गर्न माग गरेको छ। सम्पत्ति शुद्धीकरण मुद्दामा इनम सापकोटा थुनामा छन्।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो

