२० असोज २०८३ English
English

मुआब्जा मागेर वीरगन्ज सुक्खा बन्दरगाहको गेटमा धर्ना, राजस्व सङ्कलन प्रभावित

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
मुआब्जा मागेर वीरगन्ज सुक्खा बन्दरगाहको गेटमा धर्ना, राजस्व सङ्कलन प्रभावित

YouTube मा सब्स्क्राइब

वीरगन्जको सिर्सियास्थित सुक्खा बन्दरगाह विस्तारका लागि अधिग्रहण गरिएको जग्गाको मुआब्जा र घर–टहराको क्षतिपूर्ति माग्दै प्रभावित स्थानीयले सोमबारदेखि बन्दरगाहको मुख्य प्रवेशद्वारमा अनिश्चितकालीन धर्ना सुरु गरेका छन्। धर्नाका कारण ट्रक र कन्टेनरलगायत मालवाहक सवारीसाधनको आवतजावत प्रभावित भएको छ। बन्दरगाहको नियमित सञ्चालन, आयात–निर्यात ढुवानी र राजस्व सङ्कलनमा पनि असर परेको छ।

सरकारी निकायसँग पटक–पटक छलफल, वार्ता र सम्झौता भए पनि कार्यान्वयन नभएको स्थानीयको गुनासो छ। मुआब्जा सङ्घर्ष समितिका अध्यक्ष अशोककुमार चौधरीले १२ वर्षदेखि आश्वासन मात्र पाएको र भन्सार प्रशासनलाई ज्ञापनपत्र दिँदा पनि सुनुवाइ नभएपछि धर्नामा बस्नुपरेको बताउनुभएको छ। मालपोतबाट नियमित खरिदबिक्री हुने र बैंकले धितो स्वीकार गर्ने घडेरीको मुआब्जामा पनि राज्यले बहाना बनाएको उहाँको आरोप छ।

माग पूरा नभएसम्म धर्ना जारी राख्ने उहाँको भनाइ छ। वीरगन्ज महानगरपालिका–२५ का वडाध्यक्ष आसुतोष चतुर्वेदीले नापजाँचका क्रममा नक्सा र फिल्डबुकमा देखिएका सामान्य त्रुटि देखाएर मुआब्जा रोकिएको बताउनुभएको छ।

स्रोत

सम्बन्धित समाचार