कांग्रेस महाधिवेशन: केन्द्रमा उम्मेदवार बन्नेले प्रदेश र जिल्ला कार्यसमितिमा लड्न नपाउने

नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कुनै पनि पदमा उम्मेदवार बन्ने व्यक्ति त्यसपछि हुने प्रदेश कार्यसमिति र जिल्ला कार्यसमितिको निर्वाचनमा उम्मेदवार बन्न पाउने छैनन्। पार्टीको केन्द्रीय निर्वाचन समितिले यसबारे सूचना जारी गरेको छ।
निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जारी गरेको सूचनामा यस्तो व्यवस्था उल्लेख छ। समितिले आसन्न महाधिवेशन र आगामी कार्यसमिति निर्वाचनसम्बन्धी वैधानिक व्यवस्थाबारे प्रेस विज्ञप्ति जारी गरेर सबैको ध्यानाकर्षण गराएको हो।
सूचनाअनुसार एक तहमा उम्मेदवार बनेका व्यक्ति अर्को तहमा उम्मेदवार बन्न पाउने छैनन्।
कांग्रेसको १५औँ महाधिवेशन आइतबारदेखि सुरु हुने तयारी छ।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


