'तिनीहरू: एलिफेन्ट्स इन द फग' र 'पेन्सन पट्टा' को बक्स अफिस

नेपालबाट अस्करका लागि सिफारिस गरिएको फिल्म 'तिनीहरू: एलिफेन्ट्स इन द फग'ले चलचित्र विकास बोर्डका अनुसार करिब १ करोड १६ लाख रुपैयाँ कमाएको छ। बोर्डले सोमबार सार्वजनिक गरेको विवरणअनुसार असोज ४ गतेसम्म फिल्मलाई करिब ३३ हजार दर्शकले हेरिसकेका छन्। अविनाशविक्रम शाह निर्देशित फिल्म भदौ १९ गतेदेखि प्रदर्शनमा आएको हो र अहिले तेस्रो हप्तामा छ।
किन्नर समुदायको जीवन र पहिचानको सङ्घर्षमा आधारित यो फिल्म सन् २०२७ को ९९औँ अस्करको अन्तर्राष्ट्रिय फिचर फिल्म विधाका लागि नेपालको सिफारिस हो। बोर्डकै विवरणअनुसार भदौ १२ गतेदेखि प्रदर्शनमा रहेको नीता ढुंगाना र अशोक दर्जी अभिनीत 'पार्वती'ले करिब २ करोड २४ लाख रुपैयाँ कमाएको छ। निर्माण टोलीले यस फिल्मको बक्स अफिस कमाइको ५ प्रतिशत रसुवा बाढी पीडितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दिने घोषणा गरेको छ।
यसैगरी माओत्से गुरुङ निर्देशित र दयाहाङ राई अभिनीत 'पेन्सन पट्टा'ले पहिलो १० दिनमा करिब ३ करोड ८० लाख रुपैयाँ कमाएको छ। सँगै प्रदर्शनमा आएको सशान कँडेल निर्देशित 'बेहुली'ले सोही अवधिमा करिब २ करोड ६८ लाख रुपैयाँ कमाएको छ।
यो समाचार भिडियोमा

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो

