१० असोज २०८३ English
English

धाप ड्याम पूर्ण रूपमा सुरक्षित, आत्तिनुपर्ने अवस्था छैन: ऊर्जा मन्त्रालय

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
धाप ड्याम पूर्ण रूपमा सुरक्षित, आत्तिनुपर्ने अवस्था छैन: ऊर्जा मन्त्रालय
तस्बिर: नेपाल प्रेस

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले गोकर्णेश्वर नगरपालिका–१, शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने धाप बाँध (ड्याम) पूर्ण रूपमा सुरक्षित रहेको जनाएको छ।

मन्त्रालय मातहतको विभागले धाप ड्याम विशेष निगरानीमा रहेको भन्दै आत्तिनुपर्ने अवस्था नरहेको बताएको छ।

विभागका अनुसार धाप बाँधको जलाशयमा पानीको सामान्य सतह समुद्री सतहबाट २०८७ दशमलव १४ मिटर रहेको छ। पानीको सतह उक्त उचाइभन्दा माथि पुगेमा अतिरिक्त पानी स्वतः निकास हुने संरचना अर्थात् पानी निकास मार्ग बाँधमा रहेको छ।

तीन दिनदेखि परिरहेको लगातारको वर्षाका बीच मन्त्रालयले बाँध सुरक्षित रहेको जानकारी दिएको हो।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | १० असोज २०८३ बेलुकी | K Hudei Cha Daily News Asoj 10 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार