१४ कात्तिक २०८३ English
English

बाराको फेटामा अस्पताल उद्घाटनको विवादमा झडप, गोली लागेर १७ वर्षीय किशोर गम्भीर घाइते

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्

बाराको फेटा गाउँपालिका–३ मा अस्पताल उद्घाटनको विषयमा भएको विवादपछि झडप हुँदा गोली लागेर एक १७ वर्षीय किशोर गम्भीर घाइते भएका छन्।

अस्पताल उद्घाटनका क्रममा रास्वपा र एमालेका कार्यकर्ताबीच झडप भएको थियो। प्रशासनका अनुसार निवर्तमान पालिका अध्यक्ष अमिरीलाल साह कानुले उद्घाटन रोक्न र शिलालेखमा रहेको नाम हटाउन चाहेका थिए।

घटनापछि फेटा गाउँपालिका–३ स्थित स्वास्थ्य चौकीमा घेराबन्दीमा परेका प्रहरी इन्स्पेक्टरसहित करिब ३८ जना सरकारी कर्मचारीको सकुशल उद्धार गरिएको छ।

घटनाप्रति राजनीतिक प्रतिक्रिया पनि आएको छ। जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता तथा पूर्वमाननीय रामबाबु यादवले अस्पताल उद्घाटनका क्रममा भएको झडप र प्रहरीको गोली प्रहारको घटनाले सरकारको मधेशप्रतिको विभेदपूर्ण रवैया फेरि उजागर गरेको आरोप लगाएका छन्।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | १४ कात्तिक २०८३ बेलुकी | K Hudei Cha Daily News Kartik 14 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार