सिमरामा असोज १० देखि अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकप

बाराको सिमरामा असोज १० गतेदेखि १७ गतेसम्म अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकप फुटबलको दोस्रो संस्करण हुने भएको छ। आयोजक सिमरा भेट्रान्स क्लबले शनिबार सिमरामै पत्रकार सम्मेलन गरेर प्रतियोगिताबारे जानकारी दिएको छ। आयोजक समितिका संयोजक हरि चौधरीका अनुसार ३ विभागीय टोलीसहित ८ टोली प्रतियोगितामा भाग लिनेछन्।
विभागीय टोलीमा नेपाल आर्मी, नेपाल पुलिस क्लब र नेपाल एपीएफ क्लब छन्। धरानको फेयर फुटबल क्लब, चितवनको बसन्तपुर युनाइटेड र भारतको दार्जिलिङस्थित कुर्साङको टोली पनि सहभागी हुनेछन्। सबै खेल सिमरा रङ्गशालामा फ्लडलाइटको उज्यालोमा सञ्चालन गरिनेछन्।
विजेता टोलीले ट्रफीसहित ५ लाख रुपैयाँ र उपविजेताले ट्रफीसहित २ लाख ५० हजार रुपैयाँ पाउनेछन्।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो

