९ असोज २०८३ English
English

सुरक्षा निकायसँग मिल्दो नाम भएका संस्था दर्ता नगर्न गृहको निर्देशन

· १ मिनेट पढाइ
सुरक्षा निकायसँग मिल्दो नाम भएका संस्था दर्ता नगर्न गृहको निर्देशन
तस्बिर: नेपाल लाइभ

सुरक्षा निकायसँग मिल्दोजुल्दो नाम, पोशाक, संकेत, चिह्न वा कार्यक्षेत्र भएका संस्था दर्ता नगर्न गृह मन्त्रालयले देशभरका जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ। मन्त्रालयले २०८३ असोज ६ गते सचिवस्तरीय निर्णय गरी यससम्बन्धी निर्देशन जारी गरेको हो। मंगलबार सबै जिल्ला प्रशासन कार्यालयलाई पत्र पठाउँदै मन्त्रालयले यसअघि त्यस्तो व्यवस्था राखेर दर्ता भएका संस्थाको विधान परिमार्जन वा संशोधन भए नभएको जानकारी मागेको छ।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसँग भ्रम सिर्जना हुने गरी संस्था दर्ता तथा सञ्चालन गर्न नदिने नीति मन्त्रालयले अघि सारेको छ। त्यस्ता संस्थाको नवीकरण गर्दा विधानमा आवश्यक परिमार्जन वा संशोधन गरिएको छ कि छैन भन्ने यकिन गर्नुपर्नेछ। संशोधन भएको भए के–कस्तो संशोधन गरिएको हो भन्ने विवरणसमेत मन्त्रालयलाई जानकारी गराउनुपर्नेछ।

यसअघि दर्ता भइसकेका संस्थाले पनि प्रचलित कानुनअनुसार प्रक्रिया पूरा गरी यथाशीघ्र विधान परिमार्जन गर्नुपर्नेछ। नवीकरणअघि सुरक्षा निकायसँग मिल्दोजुल्दो व्यवस्था भए नभएको विवरण लिएर आवश्यक जाँच गर्न प्रशासन कार्यालयहरूलाई भनिएको छ। मन्त्रालयको निर्णयले संस्थाको नाम र उद्देश्य मात्र नभई प्रयोग गरिने पोशाक, संकेत र चिन्हसमेत परीक्षणको दायरामा ल्याएको छ।

सुरक्षा निकायसँग मिल्दोजुल्दो नाम र पोशाक प्रयोग गरेर संस्था चलाउने प्रवृत्तिमाथि सरकारले निगरानी बढाएको छ। ‘ग्रीन आर्मी’ नामक संस्थाको गतिविधिपछि यो विषय चर्चामा आएको हो।

यो समाचार भिडियोमा

सुरक्षा निकायसँग मिल्दो नाम भएका संस्था दर्ता नगर्न गृहको निर्देशन

स्रोत

सम्बन्धित समाचार