१४ असोज २०८३ English
English

एआईआईबीको वार्षिक बैठकमा भाग लिएर अर्थमन्त्री वाग्ले स्वदेश फर्किए

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
एआईआईबीको वार्षिक बैठकमा भाग लिएर अर्थमन्त्री वाग्ले स्वदेश फर्किए
तस्बिर: रातोपाटी

एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को वार्षिक बैठकमा भाग लिएर अर्थमन्त्री डा. स्वर्णिम वाग्ले बुधबार स्वदेश फर्किएका छन्। बैठक कतारको राजधानी दोहामा भएको थियो।

अर्थमन्त्री वाग्ले कतार एयरवेजको जहाजबाट बुधबार बिहान ८ः४५ बजे काठमाडौं आइपुगेका हुन्।

बैठकमा अर्थमन्त्री वाग्लेले नेपालजस्ता मुलुकको आवश्यकताअनुसार बैंकको लगानीलाई अझ सहुलियतपूर्ण बनाउनुपर्नेमा जोड दिएका थिए।

एसियाली पूर्वाधार लगानी बैंकले सदस्य मुलुकका पूर्वाधार आयोजनामा लगानी गर्दै आएको छ। बैंकको वार्षिक बैठकमा सदस्य राष्ट्रका अर्थमन्त्री तथा प्रतिनिधिहरू सहभागी हुन्छन्।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | १४ असोज २०८३ बिहानी | K Hudei Cha Daily News Asoj 14 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार