२३ असोज २०८३ English
English

सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त
तस्बिर: रातोपाटी

गृह मन्त्रालयले सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट बर्खास्त गरेको छ। मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै दाहाललाई सेवाबाट हटाउने गरी विभागीय कारबाही गरिएको जानकारी दिएको हो।

मन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेका अनुसार दाहाललाई २०८३ असोज २३ गतेदेखि लागू हुने गरी सशस्त्र प्रहरी सेवाबाट हटाइएको छ। उनी गत असोज १९ गतेदेखि निलम्बनमा थिए।

आचरणसम्बन्धी व्यवस्था पटक–पटक उल्लङ्घन गरेको, अनुशासनहीन काम गरेको तथा नेपाल सरकार वा आफू कार्यरत संगठनको मान, प्रतिष्ठामा आँच आउने काम गरेको ठहर गर्दै उनलाई कारबाही गरिएको मन्त्रालयले जनाएको छ। छानबिन समितिले दिएको प्रतिवेदनका आधारमा यो निर्णय गरिएको हो।

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरी कार्यालयमा भेटेपछि दाहाल छानबिनको दायरामा आएका थिए। गृहमन्त्रीको सचिवालयले पनि बर्खास्तीबारे चारबुँदे स्पष्टीकरण जारी गर्दै सेवाबाट हटाउने निर्णय गृहमन्त्रीले गरेको उल्लेख गरेको छ।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | २३ असोज २०८३ बेलुकी | K Hudei Cha Daily News Asoj 23 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार