भोटेकोशी बाढीमा जलवायु परिवर्तनको भूमिका रहेको वैज्ञानिक निष्कर्ष
नेपाल र तिब्बतको सीमावर्ती लाङटाङ लिरुङ क्षेत्रमा गएको बाढी तथा हिमपहिरोमा मानव सिर्जित जलवायु परिवर्तनको प्रत्यक्ष भूमिका रहेको वैज्ञानिकहरूले निष्कर्ष निकालेका छन्। इम्पेरिअल कलेज लन्डनसहितका अन्तर्राष्ट्रिय शोधकर्ता समूह वर्ल्ड वेदर अट्रिब्युसनले यो अध्ययन सार्वजनिक गरेको हो। अध्ययनअनुसार करिब ५ हजार १५० मिटर उचाइमा रहेको पहाडको ठूलो भाग अचानक भत्किँदा यो विपत्ति निम्तिएको हो।
झन्डै २ दशमलव २ वर्ग किलोमिटर क्षेत्रबाट करिब ११ करोड घनमिटर चट्टान र हिउँ झन्डै १ हजार ४०० मिटर तल खस्दा करिब ५ दशमलव २ म्याग्निच्युड बराबरको भूकम्पीय कम्पन मापन भएको अध्ययनमा उल्लेख छ। अध्ययनकी सहलेखिका तथा जलवायु विज्ञ डाक्टर फ्रीडेरिके ओटोका अनुसार मानवका कारण बढेको तापक्रमले हिमाली क्षेत्रको पर्माफ्रस्ट अर्थात् अत्यधिक चिसोले जमेको भूमि पगालेको छ। सो क्षेत्रमा जुलाई र अगस्ट महिनाको तापक्रम सामान्यभन्दा करिब १ दशमलव ५ डिग्री सेल्सियस बढी रहेको अध्ययनले देखाएको छ।
हिमनदीहरू प्रतिवर्ष झन्डै आधा मिटरका दरले पातलिँदै गएको पनि अध्ययनमा जनाइएको छ।
यो समाचार भिडियोमा

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


