शरद् ऋतुको हिमाल आरोहणबाट सरकारलाई ३२ करोडभन्दा बढी राजस्व

यस वर्षको शरद् ऋतुमा हिमाल आरोहण अनुमति दिएबापत सरकारले करिब ३२ करोड ३८ लाख रुपैयाँ राजस्व उठाएको छ। पर्यटन विभागका अनुसार सन् २०२६ को शरद् ऋतुमा ४६ वटा हिमाल चढ्न अनुमति दिइएको थियो। विभागकी शाखा अधिकृत सुधा रेग्मीका अनुसार १७१ टोलीका १ हजार ४९३ आरोहीले अनुमति लिएका छन्, जसमा १ हजार १३७ पुरुष र ३५६ महिला छन्।
सबैभन्दा धेरै आरोही मनास्लुतर्फ आकर्षित भएका छन्, जहाँ ४३ टोलीका ५०० जनाले अनुमति लिएका छन्। धवलागिरि–१ चढ्न ६ टोलीका ३७ जनाले अनुमति लिँदा करिब ८४ लाख ७४ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ। मकालुका लागि एउटा टोलीका ३ जनाले अनुमति लिँदा करिब ६ लाख ८८ हजार रुपैयाँ राजस्व आएको छ।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


