निप्पोन फर्मास्युटिकलले आईपीओ निष्कासन गर्ने
विराटनगरस्थित औषधि उत्पादक निप्पोन फर्मास्युटिकल लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक शेयर अर्थात् आईपीओ जारी गर्ने तयारी थालेको छ। मोरङको विराटनगर महानगरपालिका–१२, बखरीमा रहेको यो कम्पनीले आईपीओको बिक्री प्रबन्धकका रूपमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई जिम्मा दिएको छ। नबिलतर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशी र निप्पोनतर्फबाट प्रबन्ध निर्देशक मन्टु घिमिरेले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको छ।
नियामक निकायको स्वीकृति पाएपछि धितोपत्रसम्बन्धी प्रचलित नियमावली र बाँडफाँड निर्देशिकाअनुसार शेयर बिक्री खुला गरिने कम्पनीले जनाएको छ। सन् २००६ मा दर्ता भएको कम्पनीले सन् २०१७ मा उद्योग स्थापना गरेको थियो। उद्योग खुलेको पाँच वर्षपछि सन् २०२२ देखि यसले व्यावसायिक उत्पादन सुरु गरेको हो।
कम्पनीले पेनिसिलिन, ओआरएस, ड्राइ सिरप, ट्याब्लेट, क्याप्सुल, झोल औषधि, मलम, क्रिम र जेल जस्ता औषधि बनाउँदै आएको छ।
यो समाचार भिडियोमा

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो

