५ कात्तिक २०८३ English
English

सेयर बजारमा डिम्याट खाता ८१ लाख नजिक, महिलाको सहभागिता बढ्दै

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
सेयर बजारमा डिम्याट खाता ८१ लाख नजिक, महिलाको सहभागिता बढ्दै

YouTube मा सब्स्क्राइब

सिडिएस एन्ड क्लियरिङ लिमिटेड अर्थात् सीडीएससीको पछिल्लो तथ्याङ्कअनुसार देशमा खुलेका डिम्याट खाता झन्डै ८१ लाख पुगेका छन्। आईपीओ भर्न र सेयर व्यवस्थापन गर्न प्रयोग हुने मेरो सेयरमा करिब ७२ लाख जनाले खाता दर्ता गराएका छन्। तीमध्ये करिब ५१ लाख प्रयोगकर्ता सक्रिय रहेको सीडीएससीले जनाएको छ। सेयर बजारमा सूचीकृत करिब २० अर्ब कित्ता सेयरमध्ये अधिकांश डिम्याट स्वरूपमा रूपान्तरण भइसकेका छन्। लगानीकर्ता बढ्दै जाँदा सेयर बजारमा महिलाको सहभागिता पनि बढ्दै गएको छ।

स्रोत

सम्बन्धित समाचार