२० असोज २०८३ English
English

रसुवा बाढीका कारण नेपालको आर्थिक वृद्धि ३.७ प्रतिशतमा सीमित हुने विश्व बैंकको प्रक्षेपण

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
रसुवा बाढीका कारण नेपालको आर्थिक वृद्धि ३.७ प्रतिशतमा सीमित हुने विश्व बैंकको प्रक्षेपण
तस्बिर: सेतोपाटी

विश्व बैंकले रसुवा बाढीका कारण नेपालको आर्थिक वृद्धिदर ३.७ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको छ।

भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीले उद्योग तथा सेवा क्षेत्रमा अवरोध पुर्‍याएकाले आर्थिक वृद्धिदर घट्ने अनुमान गरिएको हो।

विश्व बैंकका अनुसार बाढीबाट जलविद्युत, सौर्य ऊर्जा, विद्युत प्रसारण र यातायात पूर्वाधारमा क्षति पुगेको छ। यस्तो क्षतिले विद्युत उत्पादन, उत्पादनमूलक गतिविधि र वस्तुको आवागमनमा प्रत्यक्ष असर पार्ने बैंकले जनाएको छ।

भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको बाढीले पुर्‍याएको क्षतिको असर समग्र अर्थतन्त्रमा देखिने विश्व बैंकको प्रक्षेपणले देखाएको छ।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | २० असोज २०८३ बिहानी | K Hudei Cha Daily News Asoj 20 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार