साल्ट ट्रेडिङद्वारा देशभर ४५ स्थानमा सुपथ मूल्य पसल सञ्चालन

साल्ट ट्रेडिङ कर्पोरेसनले काठमाडौँ उपत्यकासहित देशभरका ४५ स्थानमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ। कर्पोरेसनका अनुसार असोज १ गतेदेखि उपत्यकाभित्र १५ स्थान र ३ मोबाइल भ्यान गरी १८ वटा सहुलियत पसल चलिरहेका छन्। यी पसलबाट चिनीमा प्रतिकिलो ५ रुपैयाँ, नुनमा २ रुपैयाँ तथा खानेतेल, चामल, चिउरा र पिठोलगायतमा ७ रुपैयाँ छुट दिइने कर्पोरेसनले जनाएको छ।
कर्पोरेसनका सूचना अधिकारी कुमार राजभण्डारीले कालीमाटीस्थित केन्द्रीय कार्यालयसहित बालाजु, सतुङ्गल, कपन, गौशाला, ललितपुर, कौशलटार, भक्तपुर, कोटेश्वर, जाउलाखेल र स्वयम्भूका बिक्री केन्द्रबाट छुट दरमा सामान पाइने बताउनुभएको छ। माग आएका ठाउँमा छुट दरमा खाद्यवस्तु पुर्याउन तीनवटा मोबाइल भ्यान तयारी अवस्थामा राखिएको उहाँले जानकारी दिनुभएको छ। उहाँका अनुसार उपत्यकाबाहिर २७ जिल्लामा रहेका बिक्री केन्द्र र पालिकाहरूको मागका आधारमा सहुलियत पसल चलाइएको छ।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


