९ असोज २०८३ English
English

चिनियाँ कम्पनी ग्वाङ्जी नेपालमा तीन वर्षका लागि कालोसूचीमा

· १ मिनेट पढाइ
चिनियाँ कम्पनी ग्वाङ्जी नेपालमा तीन वर्षका लागि कालोसूचीमा
तस्बिर: बिजमाण्डू

सार्वजनिक खरिद अनुगमन कार्यालयले विद्युतीय उपकरण बनाउने चिनियाँ कम्पनी ग्वाङ्जी हौगन इलेक्ट्रिक पावर इक्विपमेन्ट कम्पनी लिमिटेडलाई ३ वर्षका लागि कालोसूचीमा राखेको छ। कार्यालयले शनिबार सार्वजनिक गरेको सूचनाअनुसार कारबाही अवधिभर उक्त कम्पनीले नेपालमा हुने कुनै पनि सार्वजनिक खरिदमा भाग लिन पाउने छैन। कम्पनीले लिएको ठेक्काको काम सर्तअनुसार नगरेपछि नेपाल विद्युत् प्राधिकरणको प्रधान कार्यालयले कारबाहीका लागि सिफारिस गरेको थियो।

यो कम्पनी उच्च र न्यून भोल्टेजका उपकरण निर्माण र बिक्रीमा विशेषज्ञ मानिन्छ। कम्पनीले वितरण क्याबिनेट, ड्राई टाइप र तेलमा डुबाइएका ट्रान्सफर्मर, कम्पोजिट सबस्टेसन, स्विचिङ स्टेसन, वितरण तथा मिटर बक्स, सौर्य ऊर्जाका कम्बाइनर बक्स र ग्रिड क्याबिनेट उत्पादन गर्दै आएको छ। यस्तै, काठमाडौँमा कार्यालय रहेको पालिका एडभर्टाइजिङ एण्ड सप्लायर्स पनि १ वर्षका लागि कालोसूचीमा परेको छ।

स्रोत

सम्बन्धित समाचार