सुन एकै दिन तोलामा ५ हजार रुपैयाँ सस्तियो

नेपाली बजारमा आज सोमबार सुनको भाउ एकै दिनमा प्रतितोला ५ हजार रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार ७ सय रुपैयाँले बढेर २ लाख ९९ हजार ३ सय रुपैयाँ पुगेको सुन अहिले २ लाख ९४ हजार ३ सय रुपैयाँमा किनबेच भइरहेको छ। चाँदी पनि प्रतितोला १ सय ४५ रुपैयाँले सस्तिएको छ। आइतबार ४ हजार ६ सय ५५ रुपैयाँ रहेको चाँदीको मूल्य अहिले ४ हजार ५ सय १० रुपैयाँमा झरेको छ। केही दिनदेखि उकालो लागेको सुनको भाउ दसैँ नजिकिँदै गर्दा फेरि ओरालो लागेको छ।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


