बेनी–मुस्ताङ सडक अवरुद्ध, पोखरा–जोमसोम हवाई उडानमा यात्रुको चाप बढ्यो

पोखराबाट म्याग्दीको बेनी हुँदै मुस्ताङ जोड्ने सडक बाढीपहिरोले अवरुद्ध भएपछि पोखरा–जोमसोम हवाई उडानमा यात्रुको चाप बढेको छ।
सडक सम्पर्क टुटेपछि मुस्ताङ आवतजावत गर्ने यात्रु हवाई सेवामा निर्भर हुनुपरेको छ। उडान संख्या कम भएका कारण बढेको यात्रुको चाप थेग्न कठिन भइरहेको छ।
जोमसोम विमानस्थलका अनुसार सडक अवरुद्ध भएयता यो हवाई रुटमा यात्रुको संख्या उल्लेख्य रूपमा बढेको छ।
गत असोजमा परेको भीषण वर्षाका कारण गण्डकी प्रदेशका विभिन्न सडकखण्डमा बाढीपहिरो गएको थियो। बेनी–मुस्ताङ सडक अवरुद्ध रहँदा मुस्ताङ आउजाउ गर्ने स्थानीय र पर्यटकलाई सास्ती भएको छ।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो

