२१ असोज २०८३ English
English

दसैँ मनाउन भारतबाट नेपाली कामदार घर फर्कन थाले

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
दसैँ मनाउन भारतबाट नेपाली कामदार घर फर्कन थाले

YouTube मा सब्स्क्राइब

दसैँ र तिहार मनाउन भारतका विभिन्न सहरमा काम गर्ने नेपाली घर फर्कन थालेका छन्। नयाँ दिल्ली, मुम्बई, हिमाचल प्रदेश, सिम्ला र कुल्लुलगायतका ठाउँबाट आउनेहरूको भीडले नेपालगञ्जको जमुनाहा नाकामा चाप बढेको छ। पछिल्ला दिनमा यस नाकाबाट भारततर्फ जानेभन्दा नेपाल भित्रिनेको सङ्ख्या बढ्दै गएको प्रहरीले जनाएको छ।

वर्षभरि घरबाट टाढा रहने कामदार प्रमुख चाडका बेला परिवारसँग रमाउन फर्कने गरेका छन्। दैलेखको डुङ्गेश्वरका ५७ वर्षीय हेमन्त थापा पनि झन्डै ५ वर्षपछि घर आइपुग्नुभएको छ। उहाँ भारतको सिम्लामा स्याउ टिप्ने काम गर्दै आउनुभएको थियो।

परिवारको खर्च चलाउन गाह्रो भएपछि उहाँ ५ वर्षअघि छिमेकीसँगै भारत जानुभएको थियो। लामो समय परदेशमा बिताएपछि चाडमा परिवारसँगै बस्ने चाहना पूरा गर्न उहाँ फर्कनुभएको हो।

स्रोत

सम्बन्धित समाचार