लिग–२ अघि अभ्यास खेल: नेपालविरुद्ध ओमान ए अलआउट

आईसीसी क्रिकेट विश्वकप लिग–२ को तयारीका क्रममा ओमान पुगेको नेपाली टोलीले पहिलो अभ्यास खेलमा ओमान ए लाई १६० रनमा समेटेको छ। ओमान क्रिकेट एकेडेमीको टर्फ–२ मा नेपालले टस जितेर ओमान ए लाई पहिले ब्याटिङ गर्न पठाएको थियो। ओमान ए को इनिङ्स ३९.५ ओभरमै सकिएको छ।
नेपालले जित्न १६१ रन बनाउनुपर्ने छ। ओमान ए का कप्तान हम्माद मिर्जाले सबैभन्दा धेरै ५४ रन जोडेका छन्। जिक्रिया इस्लामले ३५ र सन्जु सजीवले ३४ रनको योगदान दिएका छन्।
नेपालका तर्फबाट नन्दन यादवले ५ ओभरमा १७ रन खर्चेर ३ विकेट लिएका छन्। करण केसी र सन्दीप लामिछानेले २–२ विकेट लिएका छन्। गुल्शन झा, ललित राजवंशी र शाहब आलमले १–१ विकेट हात पारेका छन्।
नेपाल, ओमान र क्यानडा सहभागी लिग–२ को एकदिवसीय शृङ्खला ओमानमा आउँदो साता सुरु हुँदैछ।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


