पोखरा स्कुल बस दुर्घटना: शिक्षा मन्त्रालयद्वारा छानबिन समिति गठन

पोखरा महानगरपालिका–२८ मा भएको विद्यालय बस दुर्घटनाको छानबिन गर्न शिक्षा तथा खेलकुद मन्त्रालयले समिति गठन गरेको छ। मन्त्रालयले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै समिति बनाएको जानकारी दिएको हो।
दुर्घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै मन्त्रालयले स्कुल बस र चालकको नियमनका लागि मापदण्ड बनाइने पनि जनाएको छ।
दुर्घटनामा परेको गाडी पोखरास्थित कालिका बोर्डिङ स्कुलको हो। विद्यालयका विद्यार्थीहरूले गाडी थोत्रो भएकाले चढ्दैनौँ भनेर धेरै पटक भनेका थिए। अभिभावकले पनि विद्यालयमा कयौँ पटक गुनासो गरेका थिए, तर विद्यालयले गाडी फेरेन।
शुक्रबार भएको दुर्घटनामा विद्यार्थीको ज्यान गएको छ।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


