विपक्षी दल एकजुट, संसद् बैठक बोलाउन माग

विपक्षी दलहरूले संघीय संसद्को बैठक तत्काल बोलाउन माग गरेका छन्। पछिल्ला संवेदनशील घटनाक्रमको टुंगो संसद्भित्रै खोज्नुपर्ने भन्दै विपक्षी दलहरूको बैठकले यस्तो निर्णय गरेको हो। बैठकपछि नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले जतिसक्दो छिटो संसद् बैठक बोलाएर धेरै विषयको समाधान त्यहीँबाट खोज्ने सहमति भएको बताउनुभएको छ। विपक्षी नेताहरू यसै विषयमा सभामुखलाई पनि भेट्ने तयारीमा रहेको उहाँको भनाइ छ। यसअघि आइतबार कांग्रेस सभापति गगन थापाले पछिल्ला घटनाक्रमबारे विशेष सम्बोधन गर्नुभएको थियो।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


