९ असोज २०८३ English
English

शरद ऋतुको मनास्लु आरोहण सुरु, रेकर्ड सङ्ख्यामा आरोही

· १ मिनेट पढाइ

शरद ऋतुका लागि मनास्लु हिमालको आरोहण सुरु भएको छ। यस याममा आरोहण अनुमति लिएका विभिन्न देशका करिब ४६६ जना आरोहीले गत मङ्गलबारदेखि आधार शिविरबाट आरोहण थालेका छन्। करिब ३९ समूहमा रहेका यी आरोहीमध्ये करिब ३४२ जना पुरुष र १२४ जना महिला छन्।

आरोहीका सहयोगी विसबहादुर गुरुङका अनुसार आधार शिविरमा लामा गुरुले पूजा गरेपछि आरोहणको साइत गरिएको थियो। आरोहीहरूले करिब तीन साताभित्र आरोहण सक्ने गुरुङले बताएका छन्। पर्यटन विभागका अनुसार यस याममा मनास्लु आरोहीबाट सरकारले करिब २१ करोड २४ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ।

आरोहीको सङ्ख्या र राजस्व दुवै मनास्लुको इतिहासमा हालसम्मकै उच्च भएको जनाइएको छ। मनास्लु गोरखाको चुमनुब्री गाउँपालिका वडा नम्बर १ स्थित सामागाउँमा पर्छ। समुद्री सतहबाट करिब ८ हजार १६३ मिटर अग्लो यो हिमाल विश्वको आठौँ अग्लो शिखर हो।

मनास्लुमा सन् १९५६ मे ९ देखि आरोहण हुँदै आएको छ।

स्रोत

सम्बन्धित समाचार