३ कात्तिक २०८३ English
English

चालु वर्ष विपद्का ७ हजार ४३९ घटनामा ३८६ जनाको मृत्यु, सर्पदंशबाट मात्रै ११०

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
चालु वर्ष विपद्का ७ हजार ४३९ घटनामा ३८६ जनाको मृत्यु, सर्पदंशबाट मात्रै ११०
तस्बिर: थाहाखबर

चालु आर्थिक वर्ष २०८३ को वैशाख १ गतेदेखि कात्तिक ३ गतेसम्म देशभर भएका ७ हजार ४३९ वटा विपद्का घटनामा ३८६ जनाको ज्यान गएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्यांकअनुसार यस अवधिमा सबैभन्दा धेरै मृत्यु सर्पदंशका कारण भएको छ। सर्पदंशबाट मात्रै ११० जनाको ज्यान गएको छ। यो तथ्यांकमा प्राकृतिक तथा गैरप्राकृतिक दुवै किसिमका विपद्का घटना समेटिएका छन्।

यसैबीच, पछिल्लो २४ घण्टामा देशभर भएका २४ वटा विपद्का घटनामा एक जनाको मृत्यु भएको छ भने अन्य ११ जना घाइते भएका छन्।

ती घटनाबाट रु १८ लाख दुई हजार ५०० बराबरको क्षति भएको विवरणमा उल्लेख छ।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | ३ कात्तिक २०८३ बेलुकी | K Hudei Cha Daily News Kartik 3 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार