पाल्पामा सबैभन्दा बढी वर्षा, करिब १४ जिल्लामा १०० मिलिमिटरभन्दा धेरै पानी

पाल्पाको अर्चलेमा पछिल्लो चौबीस घण्टामा देशकै सर्वाधिक करिब २५० मिलिमिटर वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशीदेखि लुम्बिनीसम्मका करिब १४ जिल्लामा १०० मिलिमिटरभन्दा बढी पानी परेको छ। आज लुम्बिनी र सुदूरपश्चिमका एक–दुई स्थानमा अति भारी वर्षाको सम्भावना छ। पोखरा, नेपालगञ्ज र वीरेन्द्रनगरमा वर्षाको सम्भावना ९० प्रतिशत रहेको विभागले जनाएको छ। मधेश र तराईका केही स्थानमा हावाहुरीको पनि सम्भावना छ।
यो समाचार भिडियोमा

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


