बाढीले पहुँचसडक बगाएको कालीगण्डकीको पुल १८ दिनपछि सञ्चालनमा

कालीगण्डकी नदीमा आएको बाढीले पहुँचसडक बगाएको घिरिङ र डेढगाउँ जोड्ने पक्की पुल १८ दिनपछि सञ्चालनमा आएको छ।
तनहुँको घिरिङ गाउँपालिका र नवलपुरको बौदीकाली गाउँपालिकाको डेढगाउँ जोड्ने यो पुलको दुवैतर्फको पहुँचसडक असोज ११ गते आएको बाढीले बगाएको थियो। पहुँचसडक बगेपछि पुलबाट आवतजावत ठप्प भएको थियो।
पहुँचसडक मर्मत गरी पुल फेरि सञ्चालनमा आएपछि करिडोर क्षेत्रका यात्रुलाई आवतजावतमा सहज भएको छ।
दसैँको मुखमा पुल सञ्चालनमा आएकाले दुवै पालिकाका बासिन्दा तथा यात्रुलाई राहत मिलेको छ।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


