२९ असोज २०८३ English
English

नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा–आराधना

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा–आराधना
तस्बिर: थाहाखबर

बडादसैँअन्तर्गत नवरात्रको पाँचौँ दिन आज दसैँघर तथा पूजा कोठामा नौ दुर्गामध्येकी पाँचौँ स्कन्दमाताको विधिपूर्वक पूजा–आराधना गरिँदै छ। आज वि.सं. २०८३ असोज २९ गते बिहीबार हो।

प्रत्येक वर्ष आश्विन शुक्ल पञ्चमी अर्थात् दुर्गा पक्षको पाँचौँ दिन देवी स्कन्दमाताको पूजा गर्ने परम्परा छ। शारदीय नवरात्रको पाँचौँ दिन आश्विन शुक्ल पञ्चमीका अवसरमा नवदुर्गा भवानीको पाँचौँ स्वरूपका रूपमा स्कन्दमाताको आराधना गरिन्छ।

नवरात्रभरि नौ दिनसम्म नवदुर्गाका फरक–फरक स्वरूपको पूजा गरिन्छ। घटस्थापनाका दिन राखिएको जमराको पूजासहित भक्तजनले दसैँघर तथा पूजा कोठामा नियमित रूपमा देवीको आराधना गरिरहेका छन्।

दसैँ सुरु भएसँगै देशभरका बजार तथा गाउँघरमा चाडपर्वको चहलपहल बढेको छ।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | २९ असोज २०८३ बिहानी | K Hudei Cha Daily News Asoj 29 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार