२६ असोज २०८३ English
English

दसैँका लागि उपत्यकामा तोकिएका स्थानबाट ग्यास बिक्री र सिलिन्डर साटफेर

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
दसैँका लागि उपत्यकामा तोकिएका स्थानबाट ग्यास बिक्री र सिलिन्डर साटफेर

YouTube मा सब्स्क्राइब

दसैँमा खाना पकाउने ग्यासको अभाव हुन नदिन काठमाडौँ उपत्यकाका ६ स्थानबाट ग्यास बिक्री र सिलिन्डर साटफेरको व्यवस्था गरिएको छ। सरकारले ग्यास उद्योग, उपत्यकाका तीनै जिल्ला प्रशासन कार्यालय र ग्यास विक्रेता महासंघसँगको समन्वयमा यो व्यवस्था मिलाएको हो। उपभोक्ताले जुनसुकै ब्रान्डको खाली सिलिन्डर दिएर अर्को ब्रान्डको भरिएको सिलिन्डर लिन सक्नेछन्।

यसका लागि थप शुल्क लाग्दैन, भरिएको ग्यासको तोकिएको मूल्य मात्र तिर्नुपर्छ। नेपाल एलपी ग्यास उद्योग संघका अनुसार यो सुविधा असोज ३१ गतेसम्म बिहान साढे ९ बजेदेखि दिउँसो साढे ४ बजेसम्म पाइनेछ। साटफेर केन्द्रहरू काठमाडौँको सिफलचौर, पेप्सीकोला, सुकेधारा, कलंकी र बालाजु औद्योगिक क्षेत्र तथा ललितपुरको हरिसिद्धिमा छन्।

लाइनमा उभिएका प्रत्येक उपभोक्तालाई ग्यास दिने कोसिस हुने संघका अध्यक्ष दिवान चन्दले बताउनुभएको छ। सुविधा सुरु भएसँगै बिहानैदेखि उपभोक्ता लाइनमा बसेका छन्।

स्रोत

सम्बन्धित समाचार