२६ असोज २०८३ English
English

राजमार्ग विस्तार र सडक सुरक्षाका लागि एडीबीको ४७ अर्ब सहयोग स्वीकृत

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
राजमार्ग विस्तार र सडक सुरक्षाका लागि एडीबीको ४७ अर्ब सहयोग स्वीकृत

YouTube मा सब्स्क्राइब

एसियाली विकास बैंक, एडीबीले नेपालको राजमार्ग विस्तार, सडक सुरक्षा र वन्यजन्तु संरक्षणका लागि करिब ४७ अर्ब रुपैयाँ बराबरको वित्तीय सहयोग स्वीकृत गरेको जनाएको छ। एडीबीका अनुसार यस रकमबाट पूर्व–पश्चिम राजमार्गको नारायणगढ–हेटौँडा खण्डको करिब ७० किलोमिटर सडक दुई लेनबाट चार लेन बनाइनेछ। पृथ्वी राजमार्गको मुग्लिन–आँबुखैरेनी खण्डको करिब ८.७ किलोमिटर सडक पनि चार लेनमा स्तरोन्नति हुनेछ।

आयोजनाअन्तर्गत चितवनको बरन्डाभार वन्यजन्तु मार्गमा जनावरहरूको ओहोरदोहोर सहज बनाउने संरचना बनाइनेछ। बाढीपहिरोको जोखिम घटाउने, सडक र पुलको सुरक्षा सुधार्ने तथा जलवायु परिवर्तनको असर थेग्न सक्ने संरचना निर्माणमा पनि रकम खर्च हुनेछ। एडीबीका अनुसार कुल सहयोगमा करिब २८ करोड ५० लाख अमेरिकी डलर ऋण, करिब २ करोड डलर अनुदान र करिब ७ लाख ५० हजार डलर प्राविधिक सहायता समावेश छ।

अनुदान रकमबाट जैविक विविधता संरक्षण, दिगो पर्यटन विकास र महिलाका लागि आयआर्जनका अवसर सिर्जना गर्ने कार्यक्रम चलाइनेछ।

स्रोत

सम्बन्धित समाचार