कांग्रेस महाधिवेशन: तयारी नपुगेपछि मतदान बिहान १० बजेबाट दिउँसो १ बजेमा सारियो

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि बिहीबार हुने मतदानको समय सारिएको छ। बिहान १० बजेदेखि सुरु हुने भनिएको मतदान अब दिउँसो १ बजेदेखि हुने भएको हो।
केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालका अनुसार निर्वाचनको तयारी पूरा नभएकाले मतदानको समय सारिएको हो। उम्मेदवारको अन्तिम सूची आउन ढिलाइ भएको र मतपत्र छाप्न ढिलाइ भएकाले मतदान सारिएको रातोपाटीले जनाएको छ। नेपाल लाइभका अनुसार मतदानको समय दोस्रोपटक सारिएको हो।
निर्वाचन व्यवस्थापनबारे केन्द्रीय निर्वाचन समितिले सभापति, उपसभापति र महामन्त्री पदका सबै उम्मेदवारसँग छलफल गर्ने भएको छ।
नेपाल लाइभका अनुसार नयाँ नेतृत्व चयनका लागि साँझ ६ बजेसम्म तीन स्थानमा मतदान हुनेछ। महाधिवेशनको पाँचौँ दिन आज नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान हुन लागेको हो।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


