१८ असोज २०८३ English
English

तिलोत्तमामा घरबाट अपहरित १० वर्षीया बालिका ३७ घण्टापछि जंगलमा भेटिइन्

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
तिलोत्तमामा घरबाट अपहरित १० वर्षीया बालिका ३७ घण्टापछि जंगलमा भेटिइन्
तस्बिर: अनलाइनखबर

रुपन्देहीको तिलोत्तमा नगरपालिका–१० स्थित घरबाट हराएकी १० वर्षीया बालिका ३७ घण्टापछि जंगलमा एक्लै फेला परेकी छन्।

बालिकालाई राति २ बजे घरबाटै अपहरण गरिएको थियो। प्रहरीका अनुसार अपहरणमा परेको ३७ घण्टापछि उनी बोल्नसमेत नसक्ने अवस्थामा जंगलमा फेला परेको डीआईजी खत्रीले बताए।

बालिकाको खोजीका लागि असोज १६ गते दिउँसो तिलोत्तमा–१० कै चक्रहवा जंगलमा ५५ जना प्रहरीसहित स्थानीयको सहयोगमा व्यापक खोजी अभियान चलाइएको थियो।

घटनामा संलग्न रहेको आशंका गरिएका एक व्यक्तिलाई प्रहरीले गोली हानी पक्राउ गरेको छ।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | १८ असोज २०८३ बेलुकी | K Hudei Cha Daily News Asoj 18 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार