१६ असोज २०८३ English
English

संघीय संसद्को चालु अधिवेशन आज राति १२ बजेदेखि अन्त्य हुँदै, दुवै सदनको अन्तिम बैठक आज

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
संघीय संसद्को चालु अधिवेशन आज राति १२ बजेदेखि अन्त्य हुँदै, दुवै सदनको अन्तिम बैठक आज
तस्बिर: रातोपाटी

संघीय संसद्को चालु अधिवेशन आज (शुक्रबार) राति १२ बजेदेखि अन्त्य हुने भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा अधिवेशन अन्त्य गरेका हुन्।

अधिवेशन अन्त्य हुनुअघि आज संघीय संसद्का दुवै सदनको अन्तिम बैठक बस्दैछ। प्रतिनिधिसभाको बैठक बिहान ११ बजे सिंहदरबारमा र राष्ट्रिय सभाको बैठक दिउँसो सवा १ बजे बस्ने कार्यक्रम छ।

प्रतिनिधिसभाको बैठकमा सभामा प्रस्तुत हुन नसकेका मौखिक र लिखित प्रश्नका उत्तर सम्बन्धित मन्त्रीले टेबुल गर्ने कार्यसूची छ। बिजमाण्डूका अनुसार आजको प्रतिनिधिसभा बैठकमा ९ वटा विधेयक पेस हुँदैछन्।

यसैबीच आज प्रतिनिधिसभाका अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति र सार्वजनिक लेखा समितिसहित राष्ट्रिय सभाका केही समितिका बैठक पनि बस्दैछन्।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | १६ असोज २०८३ बिहानी | K Hudei Cha Daily News Asoj 16 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार