सुदूरपश्चिम सरकार भोलि बजेट ल्याउने तयारीमा, आज कार्यव्यवस्था समितिको बैठक

सुदूरपश्चिम प्रदेश सरकारले भोलि बुधबार प्रदेशसभामा आर्थिक वर्ष २०८३/८४ को बजेट पेस गर्ने तयारी गरेको छ। बजेट निर्माणको काम अन्तिम चरणमा पुगेको छ। बजेट प्रस्तुत गर्ने विषयमा आज प्रदेशसभाको कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै छ।
यसअघि तत्कालीन मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको सरकारले ल्याएको चालु आर्थिक वर्षको बजेट प्रदेशसभाबाट पारित हुन सकेको थिएन। त्यसपछि राजनीतिक समीकरण फेरिएर एमालेको समर्थनमा नेकपाका खगराज नेतृत्वमा नयाँ सरकार बनेको थियो।
चालु आर्थिक वर्ष सुरु भएको झन्डै तीन महिना पुग्न लाग्दासमेत प्रदेश सरकारले बजेट ल्याउन सकेको छैन। रातोपाटीका अनुसार स्रोतको टुंगो नलाग्दा बजेटमा अन्योल देखिएको थियो। सोमबार बजेट ल्याउने बताएका मुख्यमन्त्री बिरामी परेका थिए।
प्रदेशसभामा बजेट प्रस्तुत हुन नसक्दा प्रदेश सरकारका दैनिक प्रशासनिक काममा समेत असर परेको छ।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


