२५ असोज २०८३ English
English

नेपाल टेलिकमको दसैँ–तिहार अफर: इन्टरनेट र मोबाइल प्याकेजमा छुट

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
नेपाल टेलिकमको दसैँ–तिहार अफर: इन्टरनेट र मोबाइल प्याकेजमा छुट

YouTube मा सब्स्क्राइब

नेपाल टेलिकमले दसैँ, तिहार र छठलाई लक्ष्य गरेर 'दसैँ–तिहार अफर २०८३' ल्याएको छ। कम्पनीका प्रवक्ता डा. कमल लामिछानेका अनुसार असोज २५ गतेदेखि कात्तिक ३० गतेसम्म नयाँ फाइबर इन्टरनेट जोड्ने ग्राहकले ५०० रुपैयाँ जडान शुल्क तिर्नुपर्ने छैन।

१००, १५० र २०० एमबीपीएस गतिका नयाँ वार्षिक प्याकेज किन्नेले १२ महिनाको रकममा १३ महिना सेवा पाउनेछन्। प्याकेजसँग आउने मोबाइल डाटा पनि १३ महिनासम्मै चल्नेछ। मोबाइलतर्फ ४९९ रुपैयाँमा दिनको ५ जीबी उच्च गतिको डाटासहितको प्याकेज उपलब्ध हुनेछ।

६९९ रुपैयाँ तिर्ने ग्राहकले भने दैनिक १० जीबी उच्च गतिको डाटा पाउनेछन्। २०० रुपैयाँमा सबै नेटवर्कमा बोल्न मिल्ने १ हजार मिनेट र ९९ रुपैयाँमा आफ्नै नेटवर्कभित्र १ हजार एसएमएस पठाउने प्याकेज पनि ल्याइएको छ। यी मोबाइल प्याकेजको म्याद ३० दिनको हुनेछ।

ग्राहकले कात्तिक ३० गतेसम्म टेलिकमको मोबाइल एप वा ८१४१५८११३ डायल गरेर प्याकेज किन्न सक्नेछन्।

स्रोत

सम्बन्धित समाचार