सेवा करारका कर्मचारीले पनि महँगी भत्ता र सञ्चय कोष पाउने

सरकारी निकायमा सेवा करारमा काम गर्ने कर्मचारीले अब महँगी भत्ता र सञ्चय कोषको सुविधा पाउने भएका छन्। संगठन तथा व्यवस्थापन सर्वेक्षणपछि कार्यरत यस्ता कर्मचारीको सेवा सर्त, सुविधा र अवकाशलाई व्यवस्थित गर्न नयाँ मापदण्ड लागू गरिएको छ। मन्त्रिपरिषद्ले असोज २१ गते स्वीकृत गरेको यो व्यवस्था कार्यान्वयन गर्न भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले असोज २३ गते सबै मन्त्रालय, आयोग र मातहतका कार्यालयमा परिपत्र पठाएको छ।
नयाँ मापदण्डअनुसार ५८ वर्ष उमेर पुगेपछि करार कर्मचारीको सेवा अनिवार्य रूपमा अन्त्य हुनेछ। स्वीकृत दरबन्दीमा काम गरिरहेकाको सेवा निरन्तर गर्दा करार सुरु भएको मिति, जम्मा सेवा अवधि, सेवा अभिलेख र कार्यसम्पादनलाई मुख्य आधार मानिनेछ। दरबन्दी कटौतीका कारण फाजिलमा परेर सेवा छाड्नुपर्ने करार कर्मचारीका लागि राहत प्याकेज पनि तोकिएको छ।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो
