हिमलुङ हिमपहिरो: थप ३ जनाको शव फेला, मृतक ७ पुगे, ९ जना अझै बेपत्ता

मनाङको नार्फाभूमि गाउँपालिका–५ स्थित हिमलुङ हिमालमा गएको हिमपहिरोमा हराइरहेकामध्ये थप तीन जनाको शव फेला परेको छ। बुधबार शव फेला परेसँगै हिमपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या ७ पुगेको छ।
जिल्ला प्रशासन कार्यालयका अनुसार गोरखाका ५८ वर्षीय आश गुरुङ, खोटाङका २१ वर्षीय सुरज राई र रुकुमका ५७ वर्षीय कलम बुढाको शव फेला परेको हो। तीनै जनाको शव बेसक्याम्पबाट निकालिएको छ।
हिमपहिरोमा परेकामध्ये ९ जना अझै बेपत्ता छन्।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


