११ असोज २०८३ English
English

कुलेखानीको जलसतह बढेपछि हेटौंडा–काठमाडौं छोटो मार्गमा सवारी आवागमन बन्द

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
कुलेखानीको जलसतह बढेपछि हेटौंडा–काठमाडौं छोटो मार्गमा सवारी आवागमन बन्द
तस्बिर: नेपाल लाइभ

कुलेखानी जलविद्युत् आयोजनाको इन्द्रसरोवर जलाशयमा पानीको सतह बढ्दै गएपछि हेटौंडा–काठमाडौं छोटो मार्गमा सवारी आवागमन बन्द गरिएको छ।

लगातारको वर्षाका कारण जलाशयको पानीको सतह बढ्ने क्रम नरोकिएपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले आइतबार साँझ ४ बजेदेखि सवारी आवागमनमा रोक लगाएको हो।

प्रशासनका अनुसार आइतबार साँझ ४ बजेदेखि असोज १२ गते बिहान ५ बजेसम्म देउराली–सिस्नेरी–काठमाडौं तथा पालुङ हुँदै सिस्नेरी–देउराली–हेटौंडा जाने सडकमा कुनै पनि सवारीसाधन चलाउन पाइने छैन।

यात्रुलाई यस अवधिमा त्रिभुवन राजपथ प्रयोग गर्न आग्रह गरिएको छ।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | ११ असोज २०८३ बेलुकी | K Hudei Cha Daily News Asoj 11 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार