१९ कात्तिक २०८३ English
English

तिहार, छठ र नेपाल संवत् लक्षित सुरक्षा कडा, ५० हजारभन्दा बढी प्रहरी परिचालन

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
तिहार, छठ र नेपाल संवत् लक्षित सुरक्षा कडा, ५० हजारभन्दा बढी प्रहरी परिचालन
तस्बिर: अनलाइनखबर

नेपाल प्रहरीले तिहार, दीपावली, छठ तथा नेपाल संवत् पर्वलाई लक्षित गर्दै सुरक्षा व्यवस्था कडा पारेको छ। चाडपर्वका क्रममा देशभर ५० हजारभन्दा बढी प्रहरी परिचालन गरिएको छ।

प्रहरीले चाडपर्वलाई लक्षित गरी विशेष सुरक्षा योजना लागू गरेको जनाएको छ। चाडपर्वका समयमा हुन सक्ने चोरी, ठगी, लुटपाट, जुवातास, अनलाइन ठगी, सट्टेबाजी, लागुऔषध तथा मादक पदार्थसम्बन्धी गतिविधि नियन्त्रणमा प्रहरीले विशेष ध्यान दिने भएको छ।

तिहारमा पटका प्रयोग, जुवातास तथा अन्य अवाञ्छित गतिविधि नियन्त्रण गर्न पनि प्रहरी परिचालन गरिएको छ। सम्भावित आपराधिक गतिविधि रोक्न सुरक्षा निकाय सतर्क रहेको प्रहरीले जनाएको छ।

तिहार नजिकिँदै गर्दा बजारमा किनमेल गर्नेको चहलपहल बढेको छ।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | १९ कात्तिक २०८३ बिहानी | K Hudei Cha Daily News Kartik 19 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार