गोकर्णेश्वरमा प्रहरीमाथि धारिलो हतियार प्रहार गरी भाग्न खोज्ने ठगी आरोपीलाई गोली हानेर पक्राउ

काठमाडौंको गोकर्णेश्वरमा प्रहरीमाथि धारिलो हतियार प्रहार गरी भाग्न खोजेका एक व्यक्तिलाई प्रहरीले गोली हानेर नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले बिहीबार साँझ करिब साढे ६ बजे गोकर्णेश्वर नगरपालिका–३ स्थित गाम्चामा गोली चलाएको हो।
पक्राउ परेका व्यक्तिमाथि डलर तथा सुन ठगी र लुटपाटमा संलग्न रहेको आरोप छ। प्रहरीका अनुसार उनले नियन्त्रणमा लिन खोज्दा प्रहरीमाथि धारिलो हतियार प्रहार गरी भाग्ने प्रयास गरेका थिए।
नक्कली डलर देखाएर ठगी गर्दै आएको आरोप लागेका उनलाई घाइते अवस्थामा उपचारका लागि ट्रमा सेन्टर पुर्याइएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले गोली प्रहार गरेर एक जना लुटेरालाई पक्राउ गरिएको जनाएको छ।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


